images
images
  • कांग्रेस १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म


    काठमाडौं । नेपाली काँग्रेसमा पार्टीको १४ औं महाधिवेशन सार्न निर्णय भएको छ । आउँदो भदौ ७ देखि १० गतेसम्मका लागि तोकिएको महाधिवेशन नौ दिन पर सारेर भदौ १६ देखि १९ गतेसम्म गर्ने तयारी भएको हो।

    शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको हो ।

    सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको काँग्रेसका एक नेताले बताए ।

    गत फागुनमा बसको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त कार्यतालिका अनुसार क्रियाशील सदस्यताको काम सम्पन्न नभएपछि अधिवेशनको तालिका पनि संशोधन गर्ने निर्णय भएको छ । असार पहिलो सात वडा तहको अधिवेशन गर्ने कार्यतालिकालाई संशोधन गरी तेस्रो सातापछि सारिएको छ ।

    आगामी दिनमा बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी बैठकमा भएको सहमतिलाई अनुमोदन गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images