images
images
  • ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

    ज्योति विकास बैंकले (सन् २०२४, मार्च १८ देखि मार्च २४ सम्म) मनाइएको ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानहरुमावित्तीय साक्षरताकार्यक्रमहरुसम्पन्न गरेको छ ।

    ग्लोबल मनी विक२०२४ को मुख्य नारा “Protect Your Money, Secure Your Future”भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा एक सप्ताहसम्म बैंकले विभिन्न शाखाहरु मार्फत देशकाविभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाकाकार्यक्रमहरु आयोजना गरेको हो ।

    सो कार्यक्रमअन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखाकार्यालयहरु मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाका मुख्यकार्यहरु, वित्तीयअनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगद रहित कारोबार, धितोपत्रबजार, विद्युतीय ठगी, OTP सम्बन्धी ज्ञान लगायतका विषयहरूलाई समावेश गरी १० वटा भन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । साथै, बैंकले ग्लोबल मनीविकअवधि भर बैंकका सामाजिक सञ्जालहरुमा विभिन्न Audio Visual सिा मग्रीहरु प्रकाशित गर्ने तथा प्रभात फेरी कार्यक्रमहरु आयोजना गरि विभिन्न वित्तीय सूचनाहरु पनि प्रवाह गरेको छ ।

    फलस्वरूप बैंकका यस्ता कार्यक्रमहरुले वित्तीय साक्षरताको महत्वकाबारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवद्र्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षमनागरिक बन्नआवश्यक ज्ञान, सीप र व्यवहारले सशक्तबनाउने उद्देश्यमा स्पष्ट योगदानपुर्याउने बैंकको विश्वास रहेको छ।

    आफ्नो खुद मुनाफाबाट नेपालमाहाल सञ्चालनमा रहेका अन्य बैंक तथावित्तीय संस्थाहरुले सामाजिकउत्तरदायित्वअन्तर्गत समाजिककार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रतिउत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तमहित सदा उच्चप्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहक वर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

    ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ए.टि.एम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images