५ असार २०७८, शनिबार   |  June 19, 2021
advertisement of bishwo khabr
Tika Gurung

महेश बस्नेतलाई मन्त्री नबनाइएपछि युवा संघका अध्यक्ष पौडेलको आक्रोश

महेश बस्नेतलाई मन्त्री नबनाइएपछि युवा संघका अध्यक्ष पौडेलको आक्रोश


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १९ औँ पटक मन्त्रिपरिषद् पुनःगठन गरे । यसपटक मन्त्रिपरिषद् पुनःगठन गर्दा महेश बस्ने मन्त्री बन्ने अपेक्षित थियो । तर, उनले यसलाई अस्वीकार गर्दै आएका थिए । यद्यपि, चाहना रहेछ भनेर उनकै फेसबुक स्ट्याटसले पुष्टि गरिसकेको छ ।

बस्नेतलाई मन्त्री नबनाएपछि युवा संघका अध्यक्ष किरण पौडेल भने आक्रोशित भएका छन् । केही समयअघि युवा संघको अध्यक्षमा चयन गरिएका उनले सामाजिक सञ्जालमा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध आक्रोशभाव व्यक्त गरेका छन् ।

“राणाकालीन तथा मध्यशाहवंशीय इतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र, दाउपेचका कथाहरूको झझल्को दिने अनेक हत्कण्डाहरू आज हाम्रै पुस्ताका नेताका विरुद्ध, हाम्रा तमाम युवाका कमाण्डरविरुद्ध भइरहँदा युवा पुस्तामा हामी र हाम्रो विरुद्ध मात्र होइन सिङ्गो राजनीतिविरुद्ध वितृष्णा पैदा हुनेछ,” उनले भनेका छन् ।

यस्ता पात्र र प्रवृत्तिबाट युवापुस्ताको ऊर्जामा पानी खन्याउने काम भएको उनको ठहर छ ।

“यो परिस्थिती अन्त्य नहुँदासम्म युवा पुस्ताको क्रियाशीलता, इमानदारिता, योग्यता र क्षमताले कहिल्यै स्थान पाउने छैन,” उनले लेखेको छन्, “राजनीतिक विकृती विसंगतीका यी विषयहरू पनि अब युवा पुस्ताको गम्भीर चासो र सरोकारको विषयका रूपमा दर्ज हुनेछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n