२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

राना मन्त्री बनेपछि जापानमा रहेकी देउबा पत्नी आरजु राणा फेरी चर्चामा

राना मन्त्री बनेपछि जापानमा रहेकी देउबा पत्नी आरजु राणा फेरी चर्चामा


काठमाडौं । नेकपा एमालेका निवर्तमान सांसद नारदमुनि राना संसद वन मन्त्री बनेका छन् । ०७४ को चुनाव जितेपछि केपी ओलीको सरकारले पहिलोपटक रानालाई मन्त्री बनाएका हुन् । राना मन्त्री बनेसँगै काँग्रेस नेतृ आरजु राणा देउवाको नाम फेरि एकचोटि चर्चामा आएको छ ।

सुदूरपश्चिमको कैलालीबाट चुनाव जितेका एमाले नेता राना मन्त्री बनेपछि आरजु देउवाको नाम चर्चामा आउनका दुईवटा कारण छन् । पहिलो कारण हो– रानाले शेरबहादुर देउवा पत्नी आरजुलाई कैलाली–५ बाट चुनाब हराएका थिए । दोस्रो– आरजुले चुनाव हारिसकेपछि सुदूरपश्चिमका रानालाई मन्त्री बनाउन पहल गर्ने आश्वासन दिएकी थिइन् ।

आरजुले २०७४ मंसिर २५ मा धनगढीमा पत्रकार सम्मेलन गरी आरजुले भनेका थिइन्, ‘मलाई एमालेका नारदमुनि रानाजीले पराजित गरेको भए पनि यो क्षेत्रको विकासका लागि उहाँलाई मन्त्री बनाउन म पहल गर्छु ।’

कैलालीबाट पाँच हजारभन्दा बढी मतान्तरमा निर्वाचित भएका नारदमुनीलाई सुदुर पूर्वका प्रधानमन्त्री ओलीले संसद विघटन भइसकेपछि बल्ल कामचलाउ सरकारको मन्त्रीका रुपमा सम्झिएका छन् । राना अहिले वन तथा वातावरण मन्त्री बनेका छन् ।

त्यसो त रानालाई मन्त्री बन्न नदिन र आफैं पुनः मन्त्री बन्नका लागि निवर्तमान वनमन्त्री प्रेमबहादुर आलेले प्रयास गरेका थिए । तर, प्रधानमन्त्री ओलीले आलेलाई पत्याएनन् ।

त्यसो त नारदमुनी रानामाथि पहिलो संविधान सभामा सभासद रहेका बेला रातो पासपोर्ट बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो । आफ्नो रातो पासपोर्ट निर्मल बानियाँलाई बिक्री गरेको अभियोगमा उनीमाथि मुद्दा चलेको थियो । यद्यपि एमालेका नेताहरु सो मुद्दा धेरै पुरानो भएको र सल्टिएको बताउँछन् ।

सुदूरपश्चिमका नेता मन्त्री बनेकोमा पक्कै पनि काँग्रेस नेतृ आरजु खुशी भएको हुनुपर्छ । यसबारे प्रतिक्रिया लिन खोज्दा उनी जापानमा रहेकाले प्रतिक्रिया लिन सम्भव भएन ।

निषेधाज्ञा अगाडि नै जापान गएकी आरजु अन्तरराष्ट्रिय उडान बन्द भएका कारण अहिलेसम्म जापानमै रोकिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n