images
images
  • सेयर बजार सामान्य अंकले घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । कारोबार सुरु भएको ३५ मिनेटमै २१०६ विन्दुसम्म पुगेको नेप्से अन्ततः कारोबार बन्द हुँदा २०८८.९ विन्दुमा कायम भएको छ ।

    बिहीबार १२१ कम्पनीको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    बिहीबार सबैभन्दा धेरै हिमालयन बैंकको प्रोमोटर शेयर किनबेच भएको छ । आज यस बैंकको २३ करोड ८५ लाख रुपैयाँ प्रोमोटर शेयर कारोबार भएको छ ।

    यस्तै पुनर्बीमा कम्पनीको प्रोमोटर शेयर १९ करोड ६० लाखको कारोबार भएको छ । सोनापुर मिनरल्सको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images