६ असार २०७८, आईतवार   |  June 20, 2021
advertisement of bishwo khabr
Tika Gurung

मनाङेले दिए मन्त्रीबाट राजीनामा, विपक्षी गठबन्धनलाई सहयोग गर्ने घोषणा

65698064 316645499223909 2814289892073275392 n 1258215345

काठमाडौं। गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । मनाङेले बिहिबार राती नै विपक्षी गठबन्धनलाई सहयोग गर्ने भन्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मनाङेले राजीनामामा जनता प्रति उत्तरदायी जनप्रतिनिधि संस्थालाई जीवित राख्न आफु विपक्षी गठबन्धनमा सामेल भइ वैकल्पिक सरकार निर्माण गर्ने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

मन्त्री मनाङेको राजीनामा पछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् ।मनाङे गत बैशाख १६ गते पहिलो पटक मन्त्री बनेका थिए ।

मनाङेले विपक्षी गठबन्धनलाई सहयोग गर्ने भएपछि अब गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्ने देखिएको छ । गण्डकी प्रदेशमा अहिले विपक्षी गठबन्धनसँग बहुमतका लागि आवश्यक एक मत कमि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n