काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत चौबीस घन्टामा देशभर ९ हजार ९ सय १ पीसीआर तथा ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षण भएको छ।
त्यस्तै ५ हजार २ सय ९३ जना कोरोना संक्रमित निको भएका छन्। हालसम्म देशभर ५ लाख १५ हजार ५९१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार देशभर ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल नेपालमा ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















