images
images
  • प्रधानमन्त्रीलाई अभिनेत्री ऋचा शर्माको प्रश्न– सरकार ! गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ ?

    काठमाडौं– अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’लाई ‘सरकार ! गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ ?’ भन्दै प्रश्न गरेकी छिन् ।

    सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले एक सुत्केरी महिलामाथि गरेको दुर्व्यवहारको घटनालाई लिएर उनले प्रधानमन्त्री साहमाथि तीखो प्रश्न तेर्स्याएकी हुन् ।

    फागुन २१ को आम निर्वाचनका समयमा साहले दिएको अभिव्यक्ति ‘गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ, त्यो हो हाम्रो एजेन्डा’ स्मरण गर्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘आज रू. २,५०० नहुँदा एउटी आमाले अस्पतालबाहिर सडकमा बच्चा जन्माउनुपरेको छ । भाषणमा होइन, सडकमा प्रमाण चाहिन्छ । सरकार ! गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ ?’

    अस्पतालले सिफारिस गरेको रगत जाँच्ने पैसा नहुँदा राजविराज नगरपालिका–१४, पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवानले अस्पतालबाहिर सडकपेटीमै बच्चा जन्माएकी थिइन् । उक्त घटनालाई अस्पतालको गम्भीर लापरबाही र सरकारको अक्षमतासँग जोडेर विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् ।

    खासगरी प्रधानमन्त्री बालेनले निर्वाचनसम्बन्धी कार्यक्रममा दिएको भावानात्मक अभिव्यक्ति र प्रधानमन्त्री भइसकेपछिको व्यावहारिक तालमेल नमिलेको भन्दै धेरैले आलोचना गरिरहेका छन् । तर, प्रधानमन्त्री बनेको पाँच महिनामै सबै कुराको तालमेल मिलाउन नसकिने सरकार समर्थहरूको प्रतिवाद छ ।

    Screenshot 2026 09 11 083153

    प्रतिक्रिया दिनुहोस्
    images
    images