images
images
  • सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता चाँदीको पनि मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images