images
images
  • धनुषामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु


    जनकपुरधाम। कोरोना संक्रमणबाट धनुषामा ५ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा जनकपुरधामका २, क्षिरेश्वरनाथ र सबैलाका १ –१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठले जानकारी दिए।

    संक्रमणबाट जिल्लाको जनकपुरधाम उपमहानगरपालिका– ४ का ५६ वर्षीय पुरुष, वडा नं। १८ का ६३ वर्षीय पुरुषको मृत्यु भएको छ।

    त्यस्तै, क्षिरेश्वरनाथ नगरपालिका–५ का ६१ वर्षीय पुरुष र सबैला नगरपालिका–८ का ८७ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। कोरोनाबाट हालसम्म ९५ जनाको यहाँ मृत्यु भएको हो।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८८ जना निको भएका छन्। यस जिल्लामा २७ जना आइसियु र ४ जना भेन्टिलेटरमा उपचाररत छन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images