images
images
  • भूकम्प पीडितहरूका लागि एभरेष्ट बैंकको २५ लाख आर्थिक सहयोग

    काठमाडौँ । एभरेष्ट बैंकले भूकम्प पीडितहरूलाई २५ लाख आर्थिक सहयोग गरेको छ ।

    एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

    बैंकले २५ लाख प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ । उक्त रकमबाट भूकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ ।

    बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट मोबाइल रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images