images
images
  • भारतमा एकैदिन सर्वाधिक ६ हजार १३८ को संक्रमित मृत्यु


    दिल्ली । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको ज्यान गएको छ ।

    बिहार सरकारले कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरेका कारण आँकडा बढेको हो । बिहारमा कोभिड–१९ का कारण जुन ९ सम्म ९ हजार ४२९ जनाको ज्यान गएको छ ।

    ९ जुनसम्म यो आँकडा ५ हजार ४७८ थियो, त्यसमा ३ हजार ९५१ अध्यावधिक गरिएको हो । सोही कारण पछिल्लो २४ घण्टामा देशभर मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै पुगेको दाबी गरिएको छ ।

    भारतमा अहिलेसम्म कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ९४ हजार ५२ रहेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images