images
images
  • सुन-चाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि ओरालो लागेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार रूपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रूपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रूपैयाँ कायम रहेको छ ।

    मंगलबार प्रतितोला छापावाल सुन १ लाख १६ हजार रूपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १० रूपैयाँले बढेर चाँदी १ हजार ४२० रूपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images