images
images
  • बाँकेमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु


    नेपालगञ्ज । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बर्दिया र दाङका तीन जनाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दाङ लमही नगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ २४ गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

    दाङ राजपुर गाउँपालिका वडा नं। ५ का ५३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १९ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।

    बर्दिया बारबर्दिया नगरपालिका वडा नं। ७ का ६५ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । जेठ १७ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो ।

    योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३ सय २७ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images