images
images
  • सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

    काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेर एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images