images
images
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर कारोबार भइरहेको हो ।

    आज छापावाल सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । मंगलबार उक्त सुन तोलामा एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, तेजाबी सुन तोलामा १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images