काठमाडौं – सोमबार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ७ सय रुपैयाँले घटेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार तेजावी सुनको मुल्य पनि प्रति तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मुल्य स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















