एनसेलले १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गर्‍यो

एनसेलले १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गर्‍यो

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ २६ गते बुधबार ०९:४९

काठमाडौँ। एनसेलले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कलशुल्क परिमार्जन गरेको छ। नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार...


काठमाडौँ। एनसेलले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कलशुल्क परिमार्जन गरेको छ।

नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन्।

गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तरराष्ट्रिय कलशुल्कको स्वीकृतीप्रदान गरेको थियो।

प्राधिकणबाट प्राप्तयो स्वीकृतिसँगै यी देशहरुकालागि एनसेलको अन्तरराष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ।

नयाँ परिमार्जित अन्तरराष्ट्रिय कल शुल्क अनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क कर बाहेक प्रति मिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कलशुल्क कर बाहेक रु ३०.६५ निर्धारण भएको छ।

यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो। अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कलशुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा निकै नै कम रहेको बताइएको छ।

अन्तरराष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकैनै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तरराष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको जनाइएको छ।

गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउदै यसले दिने लाभहरुसँग सबैलाई जोड्न एनसेल प्रतिबद्व छ।

प्रकाशित मिति २०७८ जेठ २६ गते बुधबार ०९:४९
प्रतिक्रिया दिनुहोस
  • ncell

  • ninm

  • nic asia