images
images
  • सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

    काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज तोलामा तीन सय रुपैयाँले बढेर एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएका छन् ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तैगरी, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images