images
images
  • शेयर बजार दोहोरो अङ्कले घट्यो

    काठमाडौँ- हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ ।

    आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर र हिमालय लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले बढेको छ ।

    आज ४३ लाख २७ हजार कित्ता शेयर एक अर्ब १७ करोड एक लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images