images
images
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ललितपुरको सुमेरु अस्पतालमा बिशेष छुट

    काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले सुमेरु अस्पतालसँग व्यावसायिक सम्झौता गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको हो।

    सो सम्झौताअनुसार बैंकका ग्राहकहरुले सुमेरु अस्पतालको ओपीडी, आइपीडी र फार्मेसी लगायत विभिन्‍न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

    साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

    त्यसैगरी, बैंकले प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images