images
images
  • नेपाल बैंकको कामु सीईओमा समता पन्त

    काठमाडौं- नेपाल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छन्।

    बैंक सञ्चालक समितिको गत आइतबारको निर्णयअनुसार असोज १५ गतेदेखि लागू हुने गरी नायव सीईओ पन्तलाई कामु सीईओ नियुक्त गरिएको हो।

    कम्पनी सचिव केशवप्रसाद भण्डारीका अनुसार बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकिएपछि पन्तलाई कामु सीईओ नियुक्त गरिएको हो।

    विभिन्न जिम्मेवारीमा रही २ दशक बढीको बैंकिङ अनुभव संगालेकी पन्तले एमबीएससम्मको अध्ययन गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images