काठमाडौँ – सुनको मूल्य फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको मूल्य हिजोदेखि फेरि बढ्न थालेको हो । हिजो सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको थियो भने आज फेरि चार सय रुपैयाँले बढेको हो ।
सुन आज तोलामा १ लाख ७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी आज पनि तोलामा १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















