images
images
  • दराजको ‘दसैँ धमाका’ सार्वजनिक, ७० प्रतिशतसम्म छुट

    काठमाडौं- दराज अनलाइन सपिङले दसैँलाई लक्षित गर्दै ‘दराज दसैँ धमाका’ योजना सार्वजनिक गरेको छ।

    ‘दराज दसैँ धमाका’ अन्तर्गत कुनै पनि सामानको खरिदमा छुटका साथै विभिन्न उपहार, भौचर प्राप्त गर्न सकिने दराजले बताएको छ ।

    असोज १७ गतेबाट लागु हुने ‘दराज दसैँ धमाका’मा ७० प्रतिशत सम्मको छुट, सात हजार बराबरको भौचर जस्ता थुप्रै फाइदा रहेको कम्पनीले जनाएको छ ।

    यस्तै, डेबिट तथा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सकिनेछ ।

    अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत १,५०० सम्म)र क्रेडिट कार्डमा २० प्रतिशत (२,००० सम्म)को छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकले एक लाख बराबरको सपिङ भउचर पनि प्राप्त गर्नसक्ने दराजले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images