images
images
  • सिटिजन्स बैंकको ऋणपत्र बिक्री आजदेखि खुला, वार्षिक ब्याज दर १० प्रतिशत

    काठमाडौं-  सिटिजन्स बैंक इन्टरनेशनलले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिको ‘१०% सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र जारी गर्न लागेको हो।

    असोज २१ गतेसम्म ऋणपत्र निष्कासन गर्नेछ। यसभित्र बिक्री भएन भने कात्तिक १ गतेसम्म बिक्री खुला हुने छ।

    बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दैछ। जसबापत वार्षिक ब्याज १० प्रतिशत दिनेछ।

    कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता ‘प्राइभेट प्लेसमेन्ट’ र बाँकी सर्वसाधारणलाई बिक्री गरिने छ।

    ऋणपत्रको अंकित मूल्य १००० रुपैयाँ छ। यसमा कम्तिमा २५ कित्ता र अधिकतम सबै कित्ता खरिद गर्न सकिने छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images