images
images
  • विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत महतोविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिए वापत महतोलाई सेवाग्राहीसँग रु २५ हजार घुस माग गरिरहेको अवस्थामा गत भदौ १९ गते पक्राउ गरिएको थियो ।

    आयोगका अनुसार आरोपी महतोलाई बिगो बमोजिम कारवाहीको माग गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images