काठमाडौं-ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिँदा ३३ लाख रुपैयाँ कमिसन लिएका भक्तपुरको मध्यपुर ठिमीका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेलाई नगरपालिकाबाट रंगेहात पक्राउ गरेको हो। भुक्तानीमा कमिसन मागेको सूचना तथा उजुरीपछि अख्तियारबाट खटिएको टोलीले उनलाई ३३ लाख रुपैयाँ रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो। अख्तियारकै रकम घुसबापत घिमिरेले बुझेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्






















