images
images
  • बालेनले राजीनामा दिएपछि सुनिताले हाकेको काठमाडौं महानगरपालिका आयोगको फन्दामा

    काठमाडौं– निर्वाचन आयोगले काठमाडौं महानगरपालिकासँग स्पष्टीकरण माग गरेको छ ।

    निर्वाचन आचारसंहिता २०८२ लागू भएपछि महानगरपालिकाले ७० वर्षभन्दा माथिका नागरिकलाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा दिन थालेको विषयमा आयोगले पत्राचार गरेको हो ।

    कार्यबाहक नगर प्रमुखको यससम्बन्धी अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा पुगेपछि स्पष्टीकरण सोधिएको जनाइएको छ ।

    आचारसंहिता २०८२ को दफा ५ (क) (ग) अनुसार वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक नयाँ कार्यक्रम घोषणा वा सञ्चालन गर्न पाइँदैन, तर महामारी वा विशेष परिस्थितिमा आयोगको स्वीकृतिमा गर्न सकिने व्यवस्था छ ।

    यसै आधारमा आयोगले सुरु गरिएको सेवा वार्षिक बजेटमै समावेश हो कि होइन भन्ने स्पष्ट पार्न र यदि समावेश भएको भए प्रमाणित कागजात दुई दिनभित्र पेश गर्न महानगरलाई निर्देशन दिएको छ ।

    मेयरबाट बालेन शाहले राजीनामा दिएपछि अहिले उपमेयर सुनिता डंगोलले पालिकाको जिम्मेवारी सम्हालेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images