images
images
  • एमाले परित्याग गर्ने तयारीमा कामपाकी कार्यवहाक मेयर सुनिता डंगोल

    काठमाडौं– काठमाडौं महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोलले नेकपा (एमाले) परित्याग गर्ने निर्णय गरेको खुलासा भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।

    डङ्गोलको यो निर्णयसँगै एमालेभित्र र स्थानीय तहको सत्ता समीकरणमा समेत नयाँ बहस सुरु भएको छ ।

    स्मरणीय रहोस्, डङ्गोल स्वतन्त्र विचारधाराबाट प्रेरित व्यक्तित्वका रूपमा परिचित रहँदै आएकी थिइन् ।

    तर, २०७९ सालको स्थानीय तह निर्वाचनमा उपमेयर पदका लागि उम्मेदवारी दिने क्रममा उनले एमालेको सदस्यता लिएकी थिइन् ।

    अहिले काठमाडौं महानगरको कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

    तर, पछिल्लो समय पार्टीसँगको सम्बन्धमा दूरी बढ्दै गएको संकेतहरू देखिँदै आएका थिए ।

    अन्ततः एमाले परित्याग गर्ने निर्णय बाहिरिएपछि पार्टी पंक्तिमा असन्तुष्टि र छलफल दुवै तीव्र बनेको बताइएको छ ।

    डङ्गोलको निर्णयले काठमाडौं महानगरको आगामी राजनीतिक समीकरण, कार्यपालिका–पार्टी सम्बन्ध तथा स्वतन्त्र राजनीति गर्ने प्रवृत्तिमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

    यस विषयमा एमाले नेतृत्व र डङ्गोल पक्षबाट औपचारिक प्रतिक्रिया आएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images