काठमाडौं- एक सातादेखि सुनको मूल्य निरन्तर घट्दो क्रममा छ। मंगलबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घट्दा चाँदीको भाउ पनि ३० रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ।
सोमबार १ लाख ७ हजार ९ सय रुपैयाँ थियो। गत साताको मंगलबारदेखि सुनको मूल्य निरन्तर घटिरहेको छ। एक सातामा सुनको मूल्यमा ५ हजार २०० रुपैयाँले गिरावट आएको छ।
मंगलबार सुनको मूल्य १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको थियो। बुधबार प्रतितोला १ लाख ११ हजारमा कारोबार हुँदा बिहीबार १ लाख ९ हजार ६ सय पुगेको थियो।
गत शुक्रबार सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यो साता आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट छ। सोमबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि घटेर १३ सय १० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८२०.०७ डलरमा कारोबार हुँदा चाँदीको मूल्य प्रतिऔंस २१ डलर पुगेको छ।


विश्व खबर 

















