images
images
  • सुनको मूल्य १३ सय रुपैयाँले घट्यो, आज तोलामा कति ?

    काठमाडौँ- सुनको मूल्य आज पनि घटेको छ । आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो पनि सुन तोलाको सय रुपैयाँ घटेर एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, अस्ति सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images