images
images
  • ‘आइएमई-पे’ले ल्यायो दसैंतिहारलाई लक्षित आकर्षक क्यासब्याक र बम्पर उपहार

    काठमाडौं- ‘आइएमई-पे’ले ले दसैं, तिहार तथा छठलाई लक्षित गरेर ‘आइएमई–पे डिजिटल दसैंतिहार’ योजना सार्वजनिक गरेको छ। यो अफर असोज १४ गतेदेखि मंसिर ३ गतेसम्म चल्ने कम्पनीले बताएको छ।

    ५० दिनको उक्त अफर अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले विभिन्न कारोबारमा ‘क्यासब्याक’को प्रोमो कोड प्राप्त गर्नेछन्। त्यस्तै, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    त्यसैगरी, ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको शपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।

    यससँगै आइएमई–पेमार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने मौका रहको आइएमई–पेका सीईओ प्रवीन रेग्मीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images