काठमाडौं- कुमारी बैंक लिमिटेडले विभिन्न ५ स्थानमा आफ्नो शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं र ललितपुरका ५ स्थानमा शाखा विस्तार गरेको हो।
बैंकले काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुरको भैसेंपाटी र टौखेलमा शुक्रबारदेखि शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ। बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुऱ्याउने उद्देश्यले शाखाहरु विस्तार गरेको जनाएको छ।
आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुऱ्याउने योजना बनाएको बैंकले बताएको छ। विगत २२ वर्षदेखि सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०८ शाखा, ३०९ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















