काठमाडौं- नबिल ब्यालेन्स्ड फन्ड–२ ले गत आर्थिक वर्षका लागि इकाइधनीलाई प्रतिफल घोषणा गर्ने भएको छ।
योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको असोज ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकको निर्णयले गत वर्षबाट प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
क्यापिटलले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट इकाइधनीहरुलाई ९।१६ प्रतिशतले हुन आउने १० करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश ९कर सहित० वितरण गर्ने भएको छ। यो योजनाले अघिल्लो वर्ष इकाइधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
नगद लाभांश वितरणका लागि क्यापिटलले असोज २६ गतेका लागि बुक क्लोज मिति तोकेको छ। तसर्थ बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम इकाइधनीहरुले मात्र सो प्रतिफल प्राप्त गर्ने छन्।
यो योजनाको कोष प्रवर्द्धक नबिल बैंक लिमिटेड हो। यो योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँ बराबरको छ।


विश्व खबर 

















