images
images
  • ‘आईएमई पे’ बाट सजिलै एसआईपी भुक्त्तानी गर्न सकिने

    काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन्।

    एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ।

    सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरू ले एन आई सी एशिया क्यापिटल को एनआईसी एशिया डायनामिक डेब्ट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना एसआईपी एन्सटलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन्।

    पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आईरहेको कम्पनीको धारणा छ। साथै, यसको भुक्तानीलाई थप सहज पार्दै आईएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको हो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images