images
images
  • माओवादी सुदूरपश्चिम प्रदेश उपाध्यक्षको निधन

    काठमाडौं- नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ।

    पार्टीद्वारा सञ्चालित ३ महिने रूपान्तरण अभियानको क्रममा डोटीमा खटिएका उनको स्वास्थ्यमा समस्या देखिएको थियो। गृह जिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदा पनि निको नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै उनको निधन भएको परिवारनिकट स्रोतले जानकारी दिएको छ। बडुवाल निमोनियाबाट पीडित थिए।

    जनयुद्धकालमा सुर्खेत जेल ब्रेक गरेका बडुवाल सुदूरपश्चिमका राम्रो जनसमर्थन भएका माओवादी नेतामध्ये मानिन्छन्। २०७१ सालमा भएको बस दुर्घटनामा बडुवालले आफ्नी श्रीमती र १ जना छोरा गुमाएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images