images
images
  • गरिमा विकास बैंकका ग्राहकले अब विदेशबाटै मोबाइल बैकिङ सुचारु गर्न मिल्ने

    काठमाडौं- गरिमा विकास बैंकका ग्रहकहरूले आफ्ना ग्राहकलाई विदेशबाट पनि मोबाइल बैंकिङ सुचारु गर्न मिल्ने व्यवस्था गरेको छ ।

    हाल रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा रहेका बैंकका ग्राहकले यो सेवा लिन सक्ने बैंकले बताएको छ ।

    नेपालस्थित आफ्नो बैंक खाताको कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिति रहेको अवस्थामा बैंकले आफ्ना विदेशमा रहेका ग्राहकहरूको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको हो ।

    अब विदेशमा बसेर पनि मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोकेबमोजिमका कागजातहरु पूरा गरी सेवा लिन सक्नेछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images