images
images
  • १८.६० अङ्कले घट्यो नेप्से परिसूचक, १ अर्ब ८१ करोडको कारोबार

    काठमाडौं- आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.६० अङ्कले घटेर दुई हजार ४.३० अङ्कमा कायम भएको छ ।

    विभिन्न कम्पनीका ७० लाख ६१ हजार ४०४ कित्ता शेयर रु १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ ।

    आजको कारोबारमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य ९.९० प्रतिशत, एसियन हाइड्रोपावर लिमिटेडको ७.९१ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७.६० प्रतिशतले बढेको छ । साथै लक्ष्मी भ्यालु फण्ड–२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने शुभव पावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु ७ करोड ६२ लाख २३ हजार सात सय ३२ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको ३ लाख ८१ हजार ५ सय ४८ कित्ता शेयर किनबेच भएको छ ।

    आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ३८ अर्ब ६९ करोड ४० लाख ८४ हजार छ सय ९४ पुगेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images