images
images
  • ‘दराज क्यान्डी’ सार्वजनिक, अब खेल्दै छुट पाउँदै !

    काठमाडौं- अब दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेल सँगै खेल पनि खेल्न पाउने भएका छन्।

    दराज नेपालले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरुलाई एपमा थप संलग्न गराउने उदेश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको छ।

    दराज एपका प्रयोगकर्ताहरुले सजिलै यो खेल खेल्न सक्छन्। यो खेलमा प्रयोगकर्ताहरुले तीन वा त्यो भन्दा घेरै एकै रंगका क्यान्डीहरुलाई एकै ठाउँमा मिलाउनु पर्छ। यसरी मिलाएपछि मिलेका क्यान्डीहरु हराउँछन् र माथिका बाँकी क्यान्डीहरु खाली ठाँउमा झर्छन्।

    यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्छन् जुन उनीहरुको खेलको आधारमा हरेक दिन उनीहरुलाई प्रदान गरिन्छ। दराज लोयल्टी कल्बका सदस्यहरुले यो जेम्को प्रयोग गरि दराजका सामानहरुमा विशेष छुट प्राप्त गर्न सक्छन्।

    सन् २०१२ मा स्थापना भएको दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरि ५ देशहरुमा उपलब्ध छ।

    ३० हजार बिक्रेता र करीब ५० लाख ग्राहकहरुलाई जोड्दै दराजले अहिले २५ लाख उत्पादनहरु बिक्री गर्ने गरेको छ। फेसन, खेलकुद, सौन्दर्यदेखि घरायसी सामान सम्मका उत्पादनहरु दराजले बिक्री गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images