images
images
  • वाणिज्य बैंकहरूले कमाए ८ अर्ब ५२ करोड नाफा, कसको कति ?

    काठमाडौं-  वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड नाफा कमाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साउन (एक महिना)मा सो नाफा गरेका हुन्।

    साउनमा ग्लोबल आईएमई बैंकले सर्वाधिक ९९ करोड २ लाख नाफा गरेको छ।

    त्यसैगरी नबिल बैंकले ७५ करोड ५ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड नाफा गरेको छ।

    नेपाल बैंकले ३६ करोड नाफा कमाएको छ।

    राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७ लाख, नबिल बैंकले ७५ करोड ५ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७ ला नाफा गरेको छ ।

    स्टान्डर्ड चाटर्ड बैंकले २५ करोड ७ लाख, हिमालयन बैंकले ६३ करोड १ लाख, नेपाल एसबीआई बैंकले १६ करोड, एभरेष्ट बैंकले ३६ करोड ७ लाख नाफा गरेको छ ।

    यस्तै एनआईसी एशियाले ३८ करोड ४ लाख, माछापुच्छ्रे बैंकले १८ करोड ८ लाख, कुमारी बैंकले ५७ करोड, लक्ष्मी सनराइजले ४१ करोड ५ लाख, सिद्धार्थ बैंकले २९ करोड ९ लाख र कृषि विकास बैंकले ३३ करोड १ लाख नाफा गरेको छ।

    त्यस्तै, ग्लोबल आईएमई बैंकले ९९ करोड २ लाख, सिटिजन्स बैंकले २४ करोड ७ लाख, प्राइम कमर्सियलले ४२ करोड, एनएमबी बैंकले ३८ करोड ३ लाख, प्रभु बैंकले २९ करोड ९ लाख र सानिमा बैंकले २५ करोड १ लाख नाफा गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images