images
images
  • एभरेष्ट बैंकको साधारणसभा असोज ३० गते, २०.५३ प्रतिशत लाभांश अनुमोदन गर्दै

    काठमाडौं- एभरेष्ट बैंकले नगद र बोनस सेयर पारित गर्ने एजेण्डासहित वार्षिक साधारणसभा डाकेको छ।

    बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीहरुलाई दसैँखर्च दिने उद्देश्यसहित प्रस्तावित नगद लाभांश र बोनस सेयर पारित गर्न आफ्नो २९ औँ वार्षिक साधारणसभा डाकेको हो।

    सभा यही असोज ३० गते काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल २०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश (करसहित) छन्।

    बैंकले प्रस्तावित बोनस सेयर जारी भएपश्चात पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति सभाले अनुमोदन गर्नेछ।

    सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

    लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  अघिल्लो दिनसम्म खरीद गर्ने सेयरधनीहरुमात्रै २०.५३ प्रतिशत लाभांश पाउने छन्।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images