images
images
  • एनआईसी एसिया बैंकको वार्षिक साधारणसभा असोज २८ गते

    काठमाडौं- एनआईसी एसिया बैंकको २६औँ वार्षिक साधारणसभा असोज २८ गते हुने भएको छ ।

    गत शुक्रबार सम्पन्न बैंकको सञ्चालक समितिको बैंकले आगामी असोज २८ गते बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो ।

    उक्त सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    बैंकले सेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) असोज १६ देखि २८ गतेसम्म राख्ने जानकारी दिएको छ । असोज १५ गतेसम्म कायम सेयरधनीले बैंकले दिने बोनस सेयर र नगद लाभांश प्राप्त गर्नेछन् ।

    एनआईसी एसिया बैंकले ३६० शाखा कार्यालय, ६१३ एटीएम, १०९ वटा विस्तारित काउन्टर तथा ६१ वटा शाखारहित कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images