images
images
  • सुन आयातको कोटा बढ्यो, दैनिक २० केजी आयात गर्न पाइने

    काठमाडौं- नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा वृद्धि गरेको छ । राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने गरी कोटा बढाएको हो। एक दुई दिनमा कोटा बढाइएको विषयमा औपचारिक जानकारी गराइने बुझिएको छ ।

    वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई दोब्बर बनाउने निर्णय राष्ट्रबैंकले गरेको हो । “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको कोटा बढाउन राष्ट्र बैंकलाई पत्र लेखेपछि राष्ट्र बैंक कोटा बढाउन तयार भएको हो ।

    यस अघि पनि वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा राष्ट्र बैंकले २०७८ फागुन २२ गते परिपत्र जारी गर्दै दैनिक कोटा १० किलोमा झारेको थियो । सुन चाँदी व्यवसायीहरूले नेपाली बजारमा दैनिक ३० देखि ४० किलो सुनको माग रहेको दाबी गर्दै आएका छन्

    प्रतिक्रिया दिनुहोस्
    images
    images