images
images
  • सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

    यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलाको एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images