images
images
  • गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई

    काठमाडौं- प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

    करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रुपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउँदै आउनुभएका शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

    यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैया रहेको छ ।

    नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्धितीय योगदान दिएका प्रेस काउन्सिलका पूर्व अध्यक्ष स्व। गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन र उनको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।

    २०५२ साल देखि विभिन् मिडिया काम गर्दै आएका निर्मला शर्मा पछिल्लो समय समकोण टिभी कार्यक्रमको उत्पादक तथा प्रस्तोता हुन्। शर्मासँग बिगत २८ बर्ष देखि निरन्तर रुपमा विभिन्न सन्चार माध्यममा रिपोर्टर हुदै सम्पादकिय नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।

    उनले श्री सगरमाथा र एभरेष्ट हेराल्ड राष्ट्रिय दैनिक पत्रिकाको रिपोटर, रेडियो नेपाल र रेडियो नेपालको घटना र बिचार कार्यक्रमको रिपोटर, त्यस्तै सारथी साप्ताहिक, रेडियो सगरमाथामा लामो समय रिपोर्टर भई काम गरेकी छन् ।

    कान्तिपुर एफ। एम र उज्यालो एफ। एफमा पनि दुई बर्ष साप्ताहिक रुपमा कार्यक्रम चलाएकी शर्माले पोखराबाट प्रकाशन हुदै आएको आदर्श समाज दैनिकको संबाददाता भएर केहि बर्ष काम गरेकी थिइन्  ।

    हाल उनी खोज पत्रकारिता केन्द्रको उपाध्याय, दक्षिण एशियाली पत्रकार महिला सन्जाल ( स्वाम) नेपालको अध्यक्ष र नेपाल पत्रकार महासंघको सल्हाहकार पनि हुन् ।

    महिला पत्रकारहरुको साझा संस्था सन्चारिका समुहको दुई कार्यकालअध्यक्ष भएको बेला देशभरिका पत्रकारितामा महिलाहरुको संख्या बढाउनका लागि तालिम र गुणात्मक बृद्दीका लागी पनि काम गरेको अनुभव छ। उनी महिला खबर डटकमको सस्थापक अध्यक्ष हुन्।

    २०६२ र ६३ को जनआन्दोलनमा जनअधिकार र प्रेस स्वतंत्रताको लागि पत्रकार महासंघको केन्दिय सदय्य र दक्षिण एसियाली पत्रकार संगठनको महासचिवको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरे थिइन् ।

    साथै उनले विभिन्न दैनिक, साप्ताहिक, म्यागेजिन र अनलाइनमा समसामयिक बिषयमा लेख लेख्दै आएकी छन् ।।

    काउन्सिलले विंसं २०५७ सालमा पहिलोपल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापा र त्यस अघि काउन्सिलका संस्थापक समेत रहनुभएका अग्रज पत्रकार भारतदत्त कोइरालाले प्राप्त गरेका थिए ।

    प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला हुन् ।

    प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा यही असोज ६ गते शनिवार सम्माननीय राष्टपति रामचन्द्र पौडेलको समुपस्थितिमा शर्मालाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ । सोही दिन यो वर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत, सशक्त सञ्चारकर्मी, आचारसंहितासहितका पुरस्कार समेत प्रदान गरिनेछ । साथै, पत्रकारितामा लामो समयदेखि योगदान पुर्याउनुहुने विभिन्न पत्रकारलाई सम्मानसहित वार्षिकोत्सव मनाउने तयारी समेत भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images