काठमाडौं- सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.२४ अंकले वृद्धि हुँदा १९८५.४३ को विन्दुमा बन्द भएको हो । दिनभरजसो उतारचढाव भएर रातो देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार ५सय ८३ कित्ता शेयर ५० हजार २९६ पटक खरिदबिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । होटल समूहको उपसूचक ०.०९ र व्यापार समूह ०.९३ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक ३.२१ प्रतिशतले बढेको छ । बैंकिङ ०.३२ प्रतिशत, विकास बैंक १.४८, वित्त १.९५ र लगानी समूहको उपसूचक ०.७८ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.५१, म्युचुअल फन्ड ०.११, निर्जीवन बीमा ०.७६ र अन्य समूह ०.११ प्रतिशतले बढेको छ ।
शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । शेयर मूल्य धेरै घट्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड छ । कम्पनीको शेयर मूल्य ८ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोकार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १० करोड ६४ लाख ४३ हजार ६९१ बराबरको २ लाख २० हजार ५६ कित्ता शेयर किनबेच भएको छ ।


विश्व खबर 


















