images
images
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

    यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलाको एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images