images
images
  • सेवा मनी ट्रान्स्फरको ‘मेरो डिजिटल देश’ अभियानको निरन्तरता, विजेतालाई काठमाडौंमा घर

    काठमाडौं- ईसेवा मनी ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन मेरो डिजिटल देश अभियानलाई निरन्तरता दिएको छ ।

    स्क्वायर होटल, पुल्चोकमा सम्पन्न प्रेस कन्फरेन्समार्फत ईसेवा मनी ट्रान्स्फरले यस अभियानअन्तर्गत फेरि पनि काठमाडौंमा घर योजना सार्वजनिक गरेको छ ।

    यो अभियान २०८० असोज १ देखि २०८१ असार ३१ सम्म जारी रहने कम्पनीले जनाएको छ ।

    परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।

    ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकबाट नेपालीहरूले, नेपालमा इच्छाएको व्यक्तिको ईसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने छन् ।

    यस अभियानमा चार परिवारलाई विशेष कोसेली, हरेक महिना एकजनाको पैसा डबल, तथा बम्पर उपहारमा एकजनाले काठमाडौंमा घर प्राप्त गर्न सक्ने छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images