काठमाडौँ। काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ८३६, ललितपुरका २६९ तथा भक्तपुरका १२१ जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर ८२ हजार ७३६ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा १२ हजार ६५ पीसीआर तथा ५ हजार ६ सय ११ एन्टिजेन परीक्षण भएको छ।
गत २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















