images
images
  • मंगलबार थप ५ हजार १५३ जनामा कोरोना पुष्टि, १०८ जनाको मृत्यु


    काठमाडौँ । नेपालमा २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर परीक्षणबाट ३ हजार ८ सय ७० र ५ हजार ६११ एन्टिजेन परीक्षणबाट १ हजार २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा देशभर १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ।

    गत २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images